न्युजिल्यान्डले नेपाललाई दियो ३०३ रनको लक्ष्य

काठमाडाैं | माघ ७, २०८०

न्युजिल्यान्डले नेपाललाई दियो ३०३ रनको लक्ष्य

काठमाडौं:    आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डले नेपाललाई ३०३ रनको लक्ष्य दिएको छ। 


दक्षिण अफ्रिकामा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले स्नेहिथ रेडीको शतकमा ८ विकेटको क्षतिमा ३०२ रन जोड्यो।


रेडीले नटआउट १४७ रन जोड्ने क्रममा १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे। 


कप्तान ओस्कार ज्याकसनले पनि उत्कृष्ट ब्याटिङ गरे। ज्याकसनले ७५ रन जोड्ने क्रममा ८१ बलमा ३ चौका र ५ छक्का प्रहार गरे।


४१.५ ओभरमा आउट हुनुअघि उनले चौथो विकेटका लागि रेडीसँग १५७ रनको साझेदारी गरेका थिए। ज्याकसनलाई चौथो विकेटको रुपमा आउट गर्ने क्रममा नेपालका आकाश त्रिपाठीले बोल्ड गरे।


त्यसअघि न्युजिल्यान्डले १४.३ ओभरमा ३ विकेट गुमाउँदा ६७ जोडेको थियो। रेडी र ज्याकसनको साझेदारीले न्युजिल्यान्ड विशाल योगफलतर्फ अघि बढेको थियो।

 

ज्याकसन आउट भएको अर्को ओभरमा नेपालका गुल्सन झाले दुई बलमा दुई विकेट लिए। ४३औं ओभरको दोस्रो बलमा ओभरमा गुल्सन झाले स्ट्याकपोललाई शून्यमा आउट गरे। अर्को बलमा झाले ज्याक कमिन्सलाई शून्यमै आउट गरे।


यस्तै एलेक्स थमसन ४८औं ओभरमा १३ रन जोड्दा सुवास भण्डारीबाट बोल्ड भए।


पहिलो १० ओभरको पावरप्लेमा कुनै विकेट नगुमाएको न्युजिल्यान्डविरुद्ध नेपालले पावरप्लेपछिको पाँच ओभरभित्रमा तीन विकेट लिएको थियो।


नेपालका लागि सुवास भण्डारीले पहिलो सफलता दिलाए। उनले १०.१ ओभरमा न्युजिल्यान्डका ओपनिङ ब्याट्सम्यान लुक वाट्सनलाई बोल्ड गरे। वाट्सनले १४ रन बनाउने क्रममा २५ बल खेलेर २ चौका प्रहार गरे।


१३.५ ओभरमा नेपालले दोस्रो विकेट लियो। नेपालका तिलकराज भण्डारीले न्युजिल्यान्डका ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड गरे। जोन्सले ४५ बल खेल्दा ५ चौका प्रहार गरेका थिए। 


स्पिनर दिपेश कँडेलले १४.३ ओभरमा नेपालका लागि तेस्रो विकेट लिए। उनले न्युजिल्यान्डका ओलिभर टेवाटियालाई शून्यमा विकेटकिपरबाट क्याच गराए।


बलिङमा नेपालका सुवास भण्डारीले ३ विकेट लिन सफल भए। यस्तै गुल्सन झाले २ विकेट आफ्नो नाममा लेखाए।


दिपेश कंँडेल, तिलक भण्डारी र आकास त्रिपाठीले १/१ विकेट लिन सफल भए।

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्